Sunday, June 1, 2008

भयको क्षेत्रः


चित्र नं. २ मा एकै साथ दुइटा चित्रहरू छन्, तल्लो र माथिल्लो । माथिल्लो चित्रमा जन्म र मृत्यु रेखा, चेतना रेखा र भय मण्डल छन् । चेतना भएपछि ज्ञान हुन्छ र ज्ञान भएपछि भय हुन थाल्छ । तल्लो चित्रमा साधारण र दुर्घटना अथवा मृत्यु रेखा र भय मण्डल छन् । बीचमा दर्शन, विज्ञान र धर्म आदिले जोडिएको छ । मान्छेमा जन्मेदेखि मृत्युसम्म नै चेतनाको मात्रा सँगै भयको मात्रा बढ्दै जान्छ । त्यस्तै कुनै घटना हुनु अगाडिदेखि घटना हुने समयसम्मै चेतना रेखा जागृत रहन्छ । माथि देखाइएको ज्ञान रेखा भनेको भय रेखा पनि हो । मृत्युको ज्ञान भएपछि मात्र मान्छेलाई भय हुन्छ । संक्रमक रोग, भूलको ज्ञान भएपछि मान्छेलाई भय हुन थाल्छ । चेतना त ऊसित हुन्छ नै । तर सम्बन्धित समस्याको चेतना/ज्ञान नभइन्जेल उसलाई भय हुँदैन । सम्पत्ति, नियम, कानुन, अनुशासन, रोग हातहतियार सबै थाहा भएपछि मात्र भय हुन्छ । यसरी जन्मदेखि मृत्युसम्म र साधारण अवस्थादेखि दुर्घटनाको अवस्थासम्म चेतनाको मात्रा अनुसार भय मण्डलले घेरिएका हुन्छौं । यही भयबाट बच्न अथवा भयको मात्रा घटाउन दर्शन, विज्ञान, धर्मको सहारा लिइरहेका हुन्छौं । दर्शन, विज्ञान, धर्मले भयको मात्रा घटाउनुभन्दा पनि सभ्यताको विकास गरिरहेको हुन्छ । जसलाई हामी भयको मात्रा घटेको हिसाबमा मिलान गरिरहेका हुन्छौं । भयको चेतनाले भयबाट मुक्त दिलाउन नसके पनि भय घटाउन भने मदत गर्ने छ । जस्तै धुम्रपान, मद्यपान, संक्रामक रोगको आक्रमण, आदि इत्यादिबाट केही हदसम्म बच्न सकिन्छ । अथवा भयको ज्ञानले जीवनलाई मदत पु-याउँछ । वास्तवमा चेतनाले ओगटेको बृहतक्षेत्र नै भयको क्षेत्र हो । तलको चित्र नं. ३ मा आगो लागेको अवस्था छ ।

No comments: