Thursday, September 16, 2010

जताततै डिप्रेसन


रामकृष्ण शर्मा -नाम परविर्तन) आफ्नो व्यवसायमा सफल थिए। तर, केही वर्षयता उनी निराश र विरक्त हुनथाले। खानामा अरुचि हुने मात्रै होइन, निद्रा नलाग्ने, लागिहाले डरलाग्दा सपना देखिने र जहिले पनि सुतिरहन मन लागे पनि निद्रा नपुगेजस्तो हुन थाल्यो उनलाई। बिनाकारण मुटुको ढुकढुकी बढ्नेदेखि त्यसै डर लाग्ने र शरीर थाकेको/गलेको जस्तो महसुस हुनेसम्मको समस्या झेल्नुपर्यो शर्माले। टाउको भारी हुने, शरीर झमझमाउने, पोल्ने तथा बिनापरश्रिम पसिना आउने लक्षणले ग्रस्त हुन थाले उनी।

सबैसँग रमाइलो गर्ने बानीका उनी एकाएक टोलाउने र सोचिरहने गर्न थाले। पहिलेका सामाजिक व्यक्ति विस्तारै एक्लै बस्न रुचाउँदै गए, जसले गर्दा उनी परविार तथा समाजबाट एक्लिँदै गए। उनमा अरूप्रति शंका एवं अविश्वास गर्ने स्वभाव पनि बढ्दै गयो र अरूले आफ्नो कुरा काटेको वा षड्यन्त्रका लागि पिछा गरेको आभास हुन थाल्यो। सामाजिक कार्यमा जान मन नलाग्ने भएपछि उनको मित्रमण्डली साँघुरँिदै गयो। घरभित्र पनि उनले अरूको वास्ता गर्न छाडे। उनमा झर्किने तथा सानो कुरालाई पनि तीलको ताड बनाउने बानी भयो। गीत सुन्ने, फिल्म हेर्ने, पुस्तक पढ्ने, भ्रमण गर्ने, जमघट गर्ने उनका रुचिहरू अरुचिमा परविर्तन भए। उनमा यौनसम्पर्क गर्ने इच्छा घट्यो भने यौन क्षमतामा शिथिलता आउने तथा बारम्बार दिक्क लागिरहने हुन थाल्यो। लगातारको बेचैनी, निराशा तथा एक्लोपनका कारण उनले रक्सी, चुरोट तथा लागूपदार्थ सेवन गर्न सुरु गरे।



शर्माले आफूलाई चारैतर्फबाट समस्याले घेरेको महसुस गर्न थाले। उनीभित्र यस्तो जीवन बाँच्नुभन्दा मर्नु बेश भन्ने भावना जागृत हुन थाल्यो। त्यसपछि उनी आत्महत्याको योजना बनाउन थाले। त्यसो त उनी उपचारका लागि अस्पताल, क्लिनिक, धामीझाँक्री आदि ठाउँमा नगएका पनि होइनन्। उनले रगत, एक्स-रे, अल्ट्रासाउन्ड, सीटीस्क्यान, एमआरआईलगायत सबै परीक्षण पनि गरे। तर, उनको रोग पत्ता लागेन। एक जना चिकित्सकले उनलाई मानसिक अस्पताल वा मानसिक रोग विशेषज्ञकहाँ जान सल्लाह दिए। त्यसपछि उनमा चिकित्सकप्रतिको विश्वास पनि समाप्त भयो। किनभने, उनको विचारमा आफूलाई मानसिक रोग लागेको होइन। "म बहुलाएको छु र मानसिक विशेषज्ञलाई देखाउने ?" उनी निकै आक्रोशित भए। अपमानित महसुस गरे।



रामकृष्ण त हाम्रो समाजका प्रतिनिधि पात्र मात्र हुन्। आजको आधुनिक एवं प्रतिस्पर्धी युगमा 'डिप्रेसन' -अवसाद) सर्वत्र फैलिएको समस्या हो। बिहानदेखि रातीसम्म प्रत्येक मान्छेले प्रत्यक्ष तथा अप्रत्यक्ष तनाव झेलिरहेको हुन्छ। आर्थिक समस्या, बेरोजगारीको समस्या, आवश्यकता र उपलब्धिबीचको दूरी, प्रतिस्पर्धा, महत्त्वाकांक्षा, प्रदूषण आदि दर्जनौँ तनावलाई सामान्यीकरण तथा व्यवस्थापन गर्न नसक्दा मान्छे डिप्रेसनको जालोमा फस्छ।


विश्वमा ३४ करोड मानिस डिप्रेसनको सिकार भएका छन्। गरबि तथा विकासोन्मुख राष्ट्रमा भन्दा विकसित राष्ट्रमा, गाउँभन्दा सहरमा, अशिक्षितभन्दा शिक्षित समूहमा तथा द्वन्द्वग्रस्त मुलुकहरूमा डिप्रेसनको मात्रा बढ्दो छ। अमेरकिाजस्तो विकसित राष्ट्रमा त वाषिर्क दुई करोडभन्दा बढी मानिस डिप्रेसनको सिकार भइरहेका छन्। युरोप, अस्ट्रेलिया, अपि
mका तथा एसियामा पनि डिप्रेसनको प्रभाव अत्यधिक रहेको छ। नेसनल इन्स्िटच्युट अफ मेन्टल हेल्थ अमेरकिाको तथ्यांक अनुसार, अमेरकिी प्रत्येक चार जना प्रौढहरूमध्ये एक जना डिप्रेसनले ग्रस्त छन्। त्यस्तै, दीर्घ डिप्रेसन भएकामध्ये १५ प्रतिशतले आत्महत्या गर्छन् भने महिलामा आत्महत्या यसको दुई गुणा बढी पाइएको छ। एक अध्ययन अनुसार, पाकिस्तानको सहरी क्षेत्रमा ४५.९ प्रतिशत, बंगलादेशको ग्रामीण क्षेत्रमा २९ प्रतिशत, भारतमा १५.१ देखि २५ प्रतिशत तथा नेपालमा ३० प्रतिशतमा कुनै न कुनै रूपको डिप्रेसन छ।


हाम्रै पाटनस्िथत मानसिक अस्पतालमा आउने बिरामीहरूमध्ये ३० देखि ४० प्रतिशत डिप्रेसनका बिरामी हुन्छन्। त्यस्तै, आम्दा नेपालले गरेको सर्वेक्षण अनुसार, २५ प्रतिशत भुटानी शरणार्थीहरू डिप्रेसनले ग्रस्त छन्। अर्को अध्ययन अनुसार, खाडी मुलुकमा काम गर्न जाने महिलाहरूमध्ये ५७ प्रतिशत डिप्रेसनका रोगी छन्।


लुकाउन खोजिने र प्रयोगशाला वा अन्य माध्यमबाट पत्ता नलाग्ने रोग भएकाले कति जनसंख्या डिप्रेसनबाट पीडित छ भन्ने खुट्याउनु गाह्रो छ। डिप्रेसनको बिरामीमा मानसिकभन्दा शारीरकि लक्ष्ाण देखिने भएकाले जनसंख्याको ठूलो हिस्सालाई तथ्यांकले समेट्न सकेको छैन। मानसिक रोग भन्नाले बौलाहपन बुझ्ने अल्पज्ञानका कारण मानिस यस रोगको पीडा लुकाउन बाध्य छन्। यसै कारणले पनि उनीहरूका रोगको निदान र उपचारबाट वञ्चित छन्। डिप्रेसनका अधिकांश बिरामीहरू आफूलाई मानसिक रोगी ठान्दैनन् र मानसिक रोग विशेषज्ञ वा मानसिक अस्पतालमा जान रुचाउँदैनन्। धामी, झाँक्री तथा जान्नेहरूको शरणमा पर्नु यसको मनोवैज्ञानिक पाटो हो।



डिप्रेसनले आशा, शक्ति र क्षमतालाई ध्वस्त पार्छ। जसले गर्दा प्रभावित व्यक्तिलाई असहाय, निराश, रसि, डर, ग्लानि तथा दिक्दारीले प्रताडित गर्छ। उसले जीवनमा आशाका कुनै किरणहरू पनि देख्दैन। उसलाई आफ्नो जीवन निरर्थक लाग्छ। डिप्रेसनको बादलले छोपेपछि नकारात्मक तथा निराशावादी सोचले पीडाबाट मुक्ति पाउन मानिसले आत्महत्यासम्मको बाटो रोज्छ। जब ऊ आफैँद्वारा सिर्जित समस्याको जालोभित्र फस्छ, त्यसपछि आत्महत्याबाहेक कुनै विकल्प देख्दैन। मनोविज्ञानका अनुसार, आत्महत्या गर्न खोज्ने अधिकांश मान्छेहरू मर्न चाहँदैनन्, केवल पीडाबाट मुक्ति चाहन्छन्।



डिप्रेसन अरू रोगजस्तै निको हुने रोग हो। तसर्थ, सम्बन्धित चिकित्सकको परामर्श अनुसार नियमित रूपमा औषधी सेवन गर्नुपर्छ। तर, डिप्रेसन औषधीले मात्र उन्मूलन हुने रोग होइन। यसका लागि सकारात्मक सोच र लामो समयसम्म औषधी उपचार गर्ने प्रतिबद्धता चाहिन्छ। डिप्रेसन मानवीय संवेदनासँग जोडिएको रोग भएकाले परविार, मित्रवर्ग तथा समाजबाट मनोवैज्ञानिक 'सपोर्ट' आवश्यक पर्छ। डिप्रेसनले व्यक्तिको शारीरकि, मानसिक तथा काम गर्ने क्ष्ामतामा समेत असर गर्ने भएकाले यसको परोक्ष असर परविार, समाज तथा राष्ट्रले नै बेहोर्नुपर्छ। त्यसैले, डिप्रेसनको असरलाई व्यक्तिगत, पारविारकि, सामाजिक तथा राष्ट्रिय अर्थतन्त्रसँग पनि जोड्ने गरन्िछ।


कारण अनेक

एक्लोपना

पारिवारिक तथा सामाजिक सहयोग/सुरक्षाको अभाव

तात्कालिक तनावयुक्त अनुभव

वंशाणुगत


वैवाहिक, प्रेमलगायत सम्बन्धमा समस्या

आर्थिक तनाव


बाल्यकालमा चोटपटक वा दुव्र्यसन

रक्सी, चुरोट तथा लागूपदार्थ दुव्र्यसन

बेरोजगारी वा अल्परोजगारी


स्वास्थ्य समस्या वा दीर्घरोग



असीमित महत्त्वाकांक्षा



औषधीको पाश्र्वप्रभाव



द्वन्द्व एवं अस्थिर परिवेश















लक्षण



िनिरन्तर उदास, बेचैनी र संवेदनहीन मनस्थिति ।



िदैनिक क्रियाकलापमा अरुचि ।



िनकारात्मक तरिकाले कुरा गर्ने ।



सिाथी र परिवारसँग अलग हुने ।



िआलोचनात्मक मुडी हुने ।



सिुत्ने र खाने बानीमा परिवर्तन ।



िथाकेको, गलेको, शक्तिहीन हुने ।



पिटकपटक दुखेको, पोलेकोजस्ता धेरै समस्याहरू सुनाइरहने ।



िपढाइ तथा काममा ह्रासोन्मुख अवस्था ।



रिक्सी, चुरोट, लागूऔषध वा लागूपदार्थ खान सुरु गर्ने ।



अिात्मबल तथा अरूप्रतिको विश्वासमा कमी आदि ।







उपचार



ििडप्रेसनबाट छुट्कारा पाउन खानपिन तथा जीवनशैलीमा परिवर्तन एवं व्यवस्थापन गर्नु जरुरी छ ।



सिकारात्मक सोच र आशावादी दृष्टिकोण राख्ने ।



ििनयमित शारीरिक अभ्यास गर्ने ।



यिोगा, मेडिटेसन, गीतश्रवण, प्रवचन श्रवण आदि गर्ने ।



निकारात्मक चुनौतीको सामना गर्ने ।



अिाराम र मनोरञ्जनमा पर्याप्त ध्यान दिने ।



पिरिवार, साथी तथा समाजसँग घुलमिल भइरहने ।



सिकारात्मक र सहयोगी साथीहरूसँग समस्या राख्ने ।



अिाफूलाई व्यस्त राख्ने ।



दिैनिक आठ घन्टा सुत्ने ।



दिैनिक प्रातःभ्रमण तथा सौर्यकिरणमा बस्ने ।



तिनावको कारण खोजी त्यसबाट मुक्त हुने ।



बिढी प्रतिस्पर्धी तथा महत्त्वाकांक्षी नहुने ।



सिमयको तालिका अनुसार चल्ने, जसले गर्दा अनावश्यक धपेडी



नहोस् ।



स्िवस्थ भोजन तालिका अनुसार सेवन गर्ने ।



अिाफ्नो शरीर र मनलाई माया गर्ने, स्याहार गर्ने ।











डिप्रेसनका बिरामीका प्रमुख तीन असन्तुष्टिहरू







जसले पनि चिन्ता नगर्नु, मनको बाघले खाएको भन्छन्, चिन्ता वा तनाव कसैले रहर गरेर भित्र्याएको हुँदैन र आजदेखि चिन्ता, तनाव छोड्छु भनेर छोडिने पनि होइन । तसर्थ, डिप्रेसनका बिरामीलाई उपदेश दिनुको साटो उसको चिन्ता वा तनाव समाधानको पहल गर्नुपर्छ ।







डिप्रेसनका बिरामीभित्र भावनाहरू प्रशस्त हुन्छन् । उनीहरू सुरुदेखि हालसम्मको सबै कुरा डाक्टरलाई सुनाउन चाहन्छन् । व्यस्तताका कारण वा रोग पत्ता लगाइसकेकाले डाक्टरलाई सबै कुरा सुन्न जरुरी नहुन सक्छ तर बिरामीको मनोविज्ञानका लागि डाक्टर-बिरामीबीच प्रशस्त अन्तरक्रिया हुनु जरुरी छ ।
प्रेसन निको गर्ने औषधीले केही समय निद्रा बढी लाग्ने, मुख सुक्ने, झुम्म पार्न सक्छ । ती पाश्र्वप्रभावहरू केही सातामै


हराउँछन् । तसर्थ, पूरा निको नहुन्जेल चिकित्सकको परामर्शलाई अक्षरशः पालना गर्नुपर्छ ।

Sunday, June 29, 2008

जीवन


जीवन-चेतना-ज्ञान-भय-भयवाद
सामान्यतया मान्छे जन्मेपछि उसको जीवन बन्दछ । भ्रुममा भएको बच्चा, त्योभन्दा अगाडि जाँदा जीवनको बारेमा व्याख्या गर्न जटिल हुने भएकोले जन्मेपछिको बिन्दूबाट जीवन भन्न सजिलो हुन्छ । त्यसैले "जन्मेपछि मरिन्छ" भन्ने वाक्य चलनचल्तीमा छ । अर्को अर्थमा जन्म र मृत्युको बीचको अवधि, दुरीलाई जीवन भनेर बुझन सकिन्छ । यस अवधिमा मान्छे जन्मिन्छ, हुर्किन्छ र मर्छ । हामी यसलाई उमेरसँग पनि मिलान गर्र्छौ । मान्छे मात्र होइन, सबै सजीव वस्तुहरूको जीवन हुन्छ । सबै जीवन र जगत मान्छेमा सापेक्षित हुने भएकोले यहाँ मान्छेको जीवनको चर्चा गरिरहेका छौँ । जीवनको अवधिमा उसलाई विभिन्न वस्तुहरूको आवश्यकता पर्दछ । उदाहरणको लागि आफन्त, समाज, भाषालिपि, सँस्कार, देश, धर्म, सम्पत्ति, सिद्धान्त, विचार हावापानी, प्रकाश, खानेकुरा, लगाउने कुरा आदिइत्यादि । जीवनलाई बाहिरी तत्व र भित्री तत्वले प्रभाव पारिरहेको हुन्छ । भौतिक शरीर बन्न विभिन्न प्रक्रिया पुरा भएको हुन्छ । शरीरमा बहुचेतना, बहुइन्द्रिय हुन्छन् । जीवनमा जहिलेपनि चेतनाको मात्रा घटबढ भैरहन्छ । चेतनाले चेतना गर्ने वस्तु/विषयसित फ्युजन गरेपछि भय पैदा हुन्छ । आन्तरिक द्वन्दबाट बनेको निर्ण्र् बाहिरी द्वन्द गर्दा भय बन्दैजान्छन् । चेतनाले निर्देशित गरेपछि भौतिक शरीरले पालना गर्दैजान्छ । मान्छेको जीवनमा काम, क्रोध, माया, मोह, सन्तुष्टि, शंका, भ्रम, रहर, मनोरञ्जन, प्रेम इत्यादि धेरै कुरा हुन्छन् ।
जन्मिन्दा मान्छे एक्लै जन्मिएको हुन्छ । एक्लो जीवन नै जीवन हो । समाज, देश, भाषालिपि, धर्मसँस्कार, सिद्धान्त, विचार, आफन्त उसका पुरक हुन् । त्यसैले जीवन भन्नाले मान्छे जन्मिनु मात्रै हुँदैन, ऊ र उसको वरिपरिका सम्बन्धित वस्तु, सुख, दुःख, रोग, समस्या, चिन्ता, डर, शंका, भ्रम सबै जीवन हुन् । ऊ सुविधा, सम्पन्नता, सहजत सबै आफ्नो पक्षमा पार्न चाहान्छ । त्यसैले यो संसारमा जीवन, प्राकृतिक रूपमा पैदा भैसकेपछि चेतनाको विकाससँगै भय पैदा हुन थाल्दछ । अर्को अर्थमा चेतनाको मुन्तिर छायाँको रूपमा भय बसिरहेको हुन्छ । त्यसैले चेतनाका प्रत्येक कार्य आन्तरिक रूपमा भयबाट सञ्चालन हुन्छन् -तर कति देखिने हुन्छन् कति नदेखिने । भन्नुको अर्थ मान्छेको चेतनामा आन्तरिक द्वन्द हुन्छ र त्यो द्वन्द कुनै वस्तुसँग साक्षात भएपछि त्यस वस्तु बारे ज्ञान हुन्छ र भय पैदा हुन थाल्दछ । यही भयबाट वास्तविक जीवनको शुभारम्भ हुन्छ । जीवन-चेतना-ज्ञान-भय-भयवाद यसरी यसको सुत्र बन्दछ ।

Sunday, June 1, 2008

विशेष रंगवाद


नेपाली साहित्यमा सशक्त भूमिका बनाउँदै आएको कान्छो आन्दोलन विशेष रंगवादले इश्वरलाई एउटा रंग देखे, जीवन र जगत अर्को रङग देखें । वास्तवमा जीवन र जगत सबै रङ्गहरूले भरिएको छ । निलो, रातो, पहेलो भन्नु र जीवन जगत भन्नु सबै धारणाका रङगहरू हुन् । विशेष रङ्गवादले उठाएका रङ्गवादी विचारले जताततै "रंगै रंगको भीर अथवा भीरै भीरको रंग" देख्छ । भौतिक र अभौतिक सबै रंगवादी आँखाले रंगै रंग देख्छ । रंग भन्नु लीला लेखनको धारणा, भ्रम, वित्था र लीला कै पयार्यवाची हुन सक्छ । दया, माया, संवेदनालाई पनि रंग देख्छ । जति पनि रंग छन् चाहे त्यो भावनाको रंग होस या आवरणको सबै आवरणको सुन्दर ढाँचामा छन् । यसले जता ततै ढाकिदिन्छ तर चेतनशील प्राणीको चेतनाका संवेदनाहरूलाई र्स्पर्श गर्नबाट टाढा भाग्छ । जति पनि आवरणका रंगहरू छन्, ती सबै रंगलाई एकमुष्ट कालो रंगले छोप्न सक्छ । वास्तविक रूपमा भएको यो कालो रंग विज्ञानको मूल रंगमा पर्दैन । तर यो कालो रंग रंगहरूको माउ हो । टन्न घाम लागेको दिनमा बाहिरी उज्यालोलाई नियालेर हेर्दा कालो देखिन्छ । ती रंगहरूलाई गहिरिएर हेर्‍यो भने कालो रंग देखापर्छ । यसैले रंगहरूलाई कालोले छोपेर राखेको हुन्छ ।
माथिको चित्र नं. २४ मा तीनवटा वृत देखाइएको छ । सबैभन्दा भित्र रातो, निलो, पहेलो रंग छन् । यी रंगहरू सबै रंगको जन्मदाता रंगहरू हुन् । यो सबै रंगलाई बाक्लो कालो रंगले ढाकेको छ । सबै रंगको छुट्टै आधार रंग पनि हुने गर्दछ । आधारबिना हावा पनि अडन सक्दैन, विचार पनि हिँड्न सक्दैन भने रंगले पनि अवश्य आधार लिएको हुन्छ ।
यी भए रंगका कुराहरू । जीवन पनि रंग जसरी नै बनेको हुन्छ । जीवन र जगतलाई रंगको आवरणले ढाकिदिएको हुन्छ । फरक छ त्यहाँ संवेदना, भावना, मायाको रंग । चेतनाको प्रवेशसँगै चेतनशील प्राणीलाई कालो रंगले जस्तै भयको रंगले छोपिदिएको हुन्छ । संवेदना, चेतनाको उपस्थितिसँगै भयको उपस्थिति अनिवार्य हुन्छ । विशेष रंगवादले यस भयमय जीवनलाई कसरी सञ्चालन गर्ने भन्ने मूल मन्त्र उपस्थित गराउन सकेको देखिन्दैन । जीवनलाई एउटा रंगको कलेवरलाई बुझन सकिएला । तर प्रत्येक रंगको पनि छायाँ हुन्छ । विशेष रंगवादले आग्रह गरिरहेको कुरा संभवत आयाममा पनि आएको छ, लम्बाइ, चौडाइ र उचाइसँगै । जीवनलाई सहज बनाउने रंग प्रष्ट रूपमा यहाँ कोरिएको देखिएको छैन । लाग्छ रंग, मिथ्या, भ्रम, लीला, विनिर्माण, अस्तित्व, निश्चितता, शून्यता सबै माध्यमहरू एक अर्थमा प्रकटहरू हुन् । यी सबै प्रकटहरू तबसम्म निर्जीव रहन्छन् जबसम्म त्यहाँ भयको प्रवेश हुदैन । भयले शरीरमा रक्त संचार गर्दछ । भय जीवनको सुचालक हो । भयले जीवनलाई सञ्चालन गरेपछि संसार चलायमान हुन आउँछ । यो सञ्चालन सकारात्मक र नकारात्म दुवै रूपमा प्रवेश हुन सक्छ । भयवादीय चिन्तनले जीवनलाई सकारात्मक मार्ग वा सहजताको मार्गमा लैजान्छ । उदाहरणको रूपमा माथि केही साहित्यिक आन्दोलन प्रस्तुत गरियो । यस्ता आन्दोलन विश्वका सबै मुलुकमा चलिरहेको छ । ती आन्दोलनहरूको मूल उद्देश्य जीवन सरलताको निमित्त नै हो ।

सृजनशील अराजकताः


२०४६ सालको जनआन्दोलनपछि साहित्यको उर्बर खाली जमीनमा हलक्कै बढेको साहित्यिक आन्दोलन हो सृजनशील अराजकता । यसको उत्पादनहरू साहित्यको पाठक, समालोचकलाई स्वादिलो लागेको छ । त्यसैले छापाहरूमा बारम्बार यसको सुगन्ध आइरहन्छ । यस आन्दोलनले वैचारिक रूपमा उठाएका नवीन आयामहरू नेपाली साहित्याकाशमा नवीन बन्न सकिरहेको छैन तर साहित्यको यात्रामा यो रहर लाग्दो खुडकिला भने अवश्य नै बन्दै गइरहेको छ । यस खुडकिला टेकेर हिँडने, कुदने साहित्य पनि छ्यासछ्यास्ती नेपाली मैदानमा देखिन थालेका छन् । त्यसो त यसका पाँचौवटा बूँदाहरू भय भन्दा पर अवश्य पनि छैनन । तर पनि तीन वटा बूँदाहरू वैचारिक अनेक अनेक, नस्ल बोध, साँस्कृतिक विविधता पुरानो मान्यताहरूमा घस्रिन्दै आइरहेको छ । त्यसैले यी बूँदाहरू भरिपूर्ण रूपमा भयवादीय छन् । जहाँ सम्म कवित्व निस्सीमता र सृजनात्मक निर्णयको कुरा छ, विचार सतहमा हिँड्ने मान्यतालाई स्वीकार गर्दा यो बाटो अवश्य पनि पृथक नहुन सक्छ । त्यसैले यसका मान्यताहरूलाई भयवादको ठूलो पर्दाले छेकेको छ । कुनै पनि निर्णय सृजनात्मक किन गरिन्छ भने वि ग्रह हुन्छ भन्ने मान्छेलाई भय हुन्छ ।
विचारको युद्ध, सँस्कृति र नस्लको खोजी भनेको नै कतै लोप हुन्छ कि भन्ने भय हो । सृजनशील अराजकताले गरिररहेको साहित्यमा नस्लका झिल्का प्रशस्तै देखिएका छन् । नस्लीय भाषा, सँस्कृति, मिथक विभिन्न जातजातिबाट ल्याएर नेपाली साहित्य भण्डारलाई झन् सम्पन्न बनाउन खोजिरहेको छ । यही झिल्का, स्वाद र नस्ल नेपाली सृजक र पाठकहरूको स्वादिलो खुराक बन्न थालिसकेको छ । सृजनशील अराजकताले भनेको पाँच बूँदाहरूलाई समन्वय गर्न खोजिएको छ । समन्वय गर्न खोज्नु भनेको नै असमन्वय हुन्छ कि भनेर त्रसित हुनु हो । सृजनशील अराजकताले बोकेको समन्वय पनि भयभन्दा पर छैन । आफ्नो विचारलाई कायम गर्न खोज्दा उब्जिने घटनाहरूलाई थमथमाउन नै सृजनशील अराजकताको समन्वय आएको छ । बूँदागत रूपमा केलाएर हेर्दा र यी बूँदाहरूलाई भयसँग दाँजेर हेर्दा कतै न कतै भय देखिन्छ । भयबोध त सृजनशील अराजकता आफैले पनि गर्दै आएको नै हो । कतिले भयअबोध गर्दै आएका छन् । भयबोध सृजनशील अराजकताले मात्र होइन, विश्वका धेरै दर्शन, साहित्य कला, सँस्कृतिले गर्दै आइरहेको हो भने भय अबोध विश्वका धेरै विचारहरूले गरेर आएको पाइन्छ । सृजनशील अराजकताका जति पनि गतिविधिहरू भइरहेका छन् के त्यहाँ भय छैन त ? भय नभएको भय यी गतिविधिहरू केका लागि ? साहित्यमा धारको प्रवेश, नस्लको खोज भयपरक छैनन् ? आफ्नो छुट्टै पहिचान बनाउन खोज्नु आफ्नो प्रसिद्धि खोज्नु । भनेको नै एक किसिममा आफूलाई लोप हुनुबाट सुरक्षित राख्नु हो । यी प्रत्येक गतिविधिको पछाडि निरिक्षण गर्दै भय बसिरहेको हुन्छ ।
सरसर्ती हेर्दा सृजनशील अराजक नाम विनिर्माण देखिन आउँछ । अराजक ढंगबाट विध्वँस गरिने र विध्वँस गरिसकेपछि सृजनात्मक निर्णय गर्ने आग्रह विनिर्माणवाद भन्दा साह्रै फरक छैन । विनिर्माणलाई पश्चिमेली साहित्यकारहरू शाब्दिक माफिया भनेर गालिगरिरहेका छन् । सृजनशील अराजकता पनि झण्डै त्यसैको नजिक छ । प्रचलित शब्दहरू जताततै भत्काइएको छ । शब्द भत्काउनु अराजक नै हो । तर यी भत्काइएको शब्दहरूले सृजनात्मक निर्णय गर्न सकेका छैनन, केवल "गंगा निलो बग्छुलाई तमोर हरियो बग्छु" भन्नु मात्र विनिर्माण हो । त्यहाँ सृजनात्मक निर्णय भएका छैनन, वैरागी काइलाले कायम गरेको मान्यतालाई भत्काइएको छैन, निरन्तरता मात्र दिइएको छ । समाज, देश, मान्छेलाई टुक्रा टुक्रा पारेर फेरि जोडन सकिन्दैन । शब्दलाई भत्काएर जोडनु र मान्छेलाई भत्काएर जोडनु नितान्त फरक कुरा हुन् । विनिर्माण र सृजनशील अराजकताको मान्यताहरू यस मानेमा समान होलान् । भत्काएर पुनर्निर्माण भयवादको एउटा प्रकट हुन सक्छ, तर यो भयवादको विस्वास हुन सक्दैन । किनभने जीवन भत्किाएर बनिने वस्तु होइन । त्यसैले सबै भत्काइएकाहरू पुननिर्माण हुन्छ भन्न सकिन्दैन र कही कतै निर्माण भैहालेछ भने पनि सुन्दर भन्दा कुरूप नै बढी हुन्छ ।

लीला लेखनः


नेपाली सामाजिक परिवेश अनुसार स्थापना भएको लोग्ने स्वास्नीको झगडा "परालको आगो" मान्यतालाई लीला लेखनमा इन्द्र बहादुर र्राईले नयाँ संभावित मान्यताहरू बनाएर कठपुतलीको मनमा देखाउनु भएको छ । परालको आगोको चामे र गौथली कठपुतलीमा आइपुग्दा पुरानो पात्रहरू स्थावत रहँदैनन्, उनीहरू अन्य संभावित उप कथा लिएर आइपुग्छन् । यी उप कथाहरूले बोकेको नयाँ मान्यता अहिलेको स्थापित मान्यता हो । परालको आगोले एउटा मात्र रूप धारण नगरी चक्रवर्ती रूप धारण गर्न सक्छ । त्यसैले लीला लेखन नयाँ धारणाहरूको लेखन पनि हो भनेर वहाँ आफै स्वीकार गर्नु हुन्छ । जीवन र जगत केवल एउटा लीला हो यदि चेतनाले मानिदिएको अवस्थामा । खेलहरू चेतना र संवेदनाको संजाल भित्रका सुन्दर उपज हुन् । लोग्नेस्वास्नी आफै द्वन्दका मूल स्रोतहरू हुन् । चाहे लोग्ने स्वास्नीको नाममा उभ्याइएको मान्यताहरू हुन्, बाँचौंको खेल । जहाँ लीला हुन्छ त्यहाँ भय हुन्छ । लीला भयवादको एउटा उम्दा प्रकट हो किनभने यसले भयलाई कम बनाउनमा ठूलो सहयोग गर्दछ । साँचो कुरा के हो भने सबै द्वन्दका आधारहरू भय हुन्छन्, खास गरी चेतनशील प्राणीहरूमा । त्यसैले लीला लेखनका सबै लीलाहरू भयवादको घेराभन्दा बाहिर छैनन्, यो सत्य हो । लीला लेखनका प्रधान कुराहरू भय उन्मुख छन् ।
कठपुतलीको मनमा परालको आगोका चार उप कथाहरू बनाइएका छन् । यी चारै कथामा द्वन्द छ । द्वन्दको कारण विभिन्न हुनसक्छन् । यो कुरा कथामा मात्र नभएर व्यवहारमा पनि हुने गर्दछ । कठपुतलीको मनको कथाका पात्रहरू आजको समाजको वास्तविक पात्रहरू पनि हुन् । यस्ता थुप्रै घटना घटिरहेका छन् समाजमा । हत्या र आत्महत्या सम्मका घटनाहरू घटेका छन् । हत्या, आत्महत्या, छोडपत्र आरोपप्रत्यारोपका घटनाहरू स्वरै कल्पनाको रूपमा त अवश्य हुँदैन । जीवनदेखि मरणसम्म मान्छेका प्रत्येक क्रियाकलाप सुक्ष्म रूपमा भयमय हुन्छ । यस कथाको अन्त्यमा पनि "बाँचौ भन्ने खेल खेलौ" भन्ने वाक्य आएको छ । के यो बाँचौ भन्ने खेल खेलौ भन्ने वाक्यको पछाडि भय बसिरहेको छैन - यसरी नै प्रत्येक घटनाको पछाडि भय छायाँ बनेर बसिरहेको हुन्छ नै । लीला मात्र हुनु, भ्रम मात्र हुनुले निर्जीवता प्रकट गर्दछ । लीला हुनु निर्जीव ढुङगा जस्तै हो । चटकेको चटक पनि एउटा लीला हो । लीलालाई मात्र मनन गर्ने हो भने त्यहाँ जीवन हुँदैन । जहाँ जीवन हुन्छ त्यहाँ निश्चिय पनि भय हुन्छ । जीवनलाई वेवास्ता गरेर सबै कुरा लीलाको भरमा पनि छोड्न सकिन्दैन ।
लीलाको अर्थमा ढुंगा, माटो, समुन्द्र यी प्रकृतिका वस्तुहरू लीला हुन् । एउटा कृष्णालाई एकै साथ सोह्रसय गोपिनीको साथमा देखिएको जस्तै एउटा ढुंगालाई धेरै मान्छेले विभिन्न रूपमा देख्न सक्छन् ।
ढुंगालाई विभिन्न रूपमा देख्ने भनेको विभिन्न मान्छेको चेतनाले गर्दछ । संसारबाट चेतना झिकिदिने हो भने ढुंगा हुनु र नहुनुको कुनै भेद रहँदैन । प्रश्न उठन सक्छ भय कहाँनेर छ ? समस्या, दुःख, कष्ट, लोभ, काम, क्रोध, माया, मोह, शंका, भ्रम, सम्पत्ति, आफन्त सबैमा भय हुन्छ । भाषा, लिपि, जाति, धर्मसँस्कृति लोप हुने सबैलाई भय हुन्छ । त्यसैले हुनु भन्ने शब्दमै भय विक्षिप्त रूपमा लुकेर बसेको हुन्छ । मान्छेमा भय भइन्जेल जीवन सक्रिय भइरहन्छ । मान्छेको सक्रियताले भयको प्रतिलोममा काम गरिरहेको भएतापनि अन्तोत्वगत्वा सहयोग भयलाई नै बढी हुन्छ । भयको लीलालाई शब्दहरूमा प्रकट गर्नुपर्दछ ।

तेस्रो आयामले अघि सारेका मान्यताहरू


चित्र नं. २१ मा इनारको लम्बाइ, चौडाइ र गहिराइ छ । यसको भौतिक आकारलाई भित्र र बाहिरबाट अभौतिक वस्तुले ढाकेको छ । खास गरी इनारको कुरा गर्दा इनार भित्रको अँध्यारो भागको कहिले हिसाब राख्दैनौं । के अँध्यारो भागको उपस्थिति बिना इनारको भौतिक उपस्थिति संभव छ । निश्चय पनि छैन । लम्बाइ, चौडाइ र गहिराइको जति भूमिका हुन्छ त्यो भन्दा ठूलो भूमिका अवश्य पनि अँध्यारो भागको नहोला भन्न सकिन्न । निश्चय पनि अँध्यारो भागबिना आयाम अधुरो हुन्छ । जीवन र जगतका पनि यस्ता छायाँहरू छन् । त्यो जुनसुकै टाइम र स्पेशमा पुगेको किन नहोस, त्यो छायाँ साथैमा हुन्छ ।
मानवीय जीवनलाई यसरी नै चारैतिरबाट चेतनाका घेराहरूले घेरिदिएको हुन्छ । जब हामी कला, साहित्य, भाषा, लिपिको कुरा गछौं, यसको अँध्यारो भागलाई बिर्सन सक्छौं । भय इनारको कालो भागजस्तै चारैतिरबाट जीवनलाई घेर्ने अभौतिक सचेतकीय वस्तु हो । तेस्रो आयाम यसको व्याख्यामा सम्पूर्ण नभएको प्रतित हुन्छ । यहाँ वस्तुलाई प्रभाव पार्ने बाहिरी तत्वलाई पूर्ण रूपमा वेवास्ता गरिएको छ तेस्रो आयाममा । जब कि वस्तुको बाँच्ने आधार भनेको त हावा, पानी, घाम हो । बाहिरी तत्वसित जीवित प्राणी सधैँ भयभीत भैरहेको हुन्छ । यी तत्व नै एक प्रकारको अन्धकार हो । यो कति गहिरो छ र गहिराइ भित्र पनि सम्पूर्णताको परिभाषा हालियो, तर त्यस गहिराइमा के के छ भन्ने देखिएन । गहिराइ भित्र अन्धकार हुन्छ भन्ने कुरालाई पूर्ण रूपमा वेवास्ता गरियो । अन्धकारलाई वेवास्ता गरेर गहिराइ भित्र प्रवेश गर्दा कहाँसम्म पस्न सकिन्छ ?
यो संभव छैन । अन्धकार भनेको नै जीवनमा भय हो । तेस्रो आयामको गहिराइमा थुप्रै खजाना भेट्टाए । भयवादीय खजानाको झन् टडकारो उपस्थिति मान्न सकिन्छ । एकातिर अस्तित्व भत्किसकेको छ कुनै पनि वस्तुको । यसरी कुनै पनि वस्तुको केन्द्र, परिधि र आयतन निश्चित हुँदैन भन्ने मान्यता अघि सरेपछि आयामका स्थायी मान्यताहरू पनि हुने कुरै भएनन् । तेस्रो आयामले अघि सारेका मान्यताहरू प्रकटहरूका श्रृंखलाको एक रूप मात्र हो ।

आयामेली आन्दोलनः


नेपाली साहित्यमा गहन अस्तित्व बोकेर आएको तेस्रो आयाम अथवा आयामेली आन्दोलनले नेपाली साहित्यको पुरानो मान्यतालाई नयाँ रूपबाट विकास गरिदियो । यसको प्रभाव नेपाली साहित्यमा यति गम्भीर ढंगबाट प-यो कि यसलाई साहित्यकार, पाठकहरू नेपाली साहित्यिक आन्दोलनको उचाइ ठान्न थाले । त्यसैले तेस्रो आयाम नेपाली साहित्यिक आन्दोलनको कहिले नढल्ने कोसे ढुंगा बनेर बसिदियो । चारवटा मान्यताहरूलाई साहित्यकारहरूले आफ्नो क्षमता अनुसार बुझे र व्याख्या गर्न थाले । फलस्वरूप तेस्रो आयाम अहिले आएर एउटा करिबकरिब किमदन्ती नै बन्न गएको छ र कसैले यसलाई हल्लाउने आँट गर्न सकेका छैनन् । अहिलेसम्म पनि यो दिगो बनेर बस्न सफल भएको छ । के वास्तवमा तेस्रो आयामले जीवन र जगतका सम्पूर्ण कुराहरू समेटेको छ - एउटा टडकारो प्रश्न मनभित्र कुदाउन सकिन्छ । वस्तुता र सम्पूर्णताले जीवन र जगतका सबै पक्षलाई छुइदिएको छ, केवल छुइदिएको मात्र छैन, गहिरो रूपमा प्रभाव पारिदिएको छ । खासगरी टाइम र स्पेशको कुरा गरेर अथवा लम्बाइ, चौडाइ र गहिराइको कुरा गरेर । यो आन्दोलनको घोषणा नेपाली साहित्यका शीर्षस्थ व्यक्तिहरूबाट थालनी हुनु, विषय वस्तुको गहिरो अध्ययन हुनु, त्यही योग्यतामा व्याख्या गरिनुले आन्दोलनलाई दीर्घायु बनाएको छ । निरङ्कुश व्यवस्थाभित्र छटपटिरहेको नेपाली साहित्यले यो आन्दोलनबाट एक किसिमको निकासा पाएकोले पनि नेपाली साहित्यमा यसको ठूलो महत्व रहँदै आएको छ ।
हामी यहाँ आयामेली आन्दोलनको सम्पूर्णता र लम्बाइ, चौडाइ, उचाइलाई एकछिन हेरौं । प्रथम कुरा त तेस्रो आयामका एउटा मान्यता सम्पूर्णता छ । यही मान्यताभित्र सम्पूर्ण कुरा छ भने बाँकी मान्यताहरू केको लागि । बाँकी मान्यताहरूको आवश्यकता छैन भने यो सम्पूर्णता मान्यताको के अर्थ ? वस्तुताको सवालमा आइ. बि. र्राई स्वयंले लीला लेखन आयामको त्वको खोजी हो भनेर स्वीकारी सक्नु भएको छ । हामी वस्तुको लम्बाइ, चौडाइ र उचाइमा रुमलिएर हिँड्ने हो त ? कुनै एउटा वस्तुलाई नाप्न लम्बाइ, चौडाइ र गहिराइ प्रयाप्त छ ? यी त भौतिक कुरा भए । भौतिक कुरा मात्र सम्पूर्ण हुन सक्दैन । वस्तुलाई जस्ताको तस्तै लेख्दा उसको भौतिकता उपस्थित हुन्छ । तर त्यसमा भएको छायाँ वा सजीव वस्तुको कुरा गर्ने हो भने भावना, आत्मा देखिन्दैन । यसको व्याख्या छोडिएको लाग्छ ।