Sunday, June 1, 2008

प्रभाव पार्ने बाहिरी तत्व


चित्र नं. १ मा गुलाबको बोटलाई प्रभाव पार्ने बाहिरी तत्व छ । अनि भय मण्डल छ र जीवन छ । बिरुवा रोपेपछि उम्रिन्छ र बढ्छ । हाँगाहरू शरीरको कुनाकाप्चामा उम्रिन्छन्, कोपिला लाग्छ, सुन्दर फूल फुल्छ । फूलको मोहकताले आँखा भरिन्छ । हामी फूलको गीत गाउँछौं । अनि भन्छौं गुलाब भनेको त फूल पो हो । वास्तवमा गुलाब भन्ने शब्दको अर्थ गुलाबमा गएर टुङगिन्दैन । गुलाबसँग सम्बन्ध गाँसिएका सबै गुलाब शब्दमा आउँछन् । जरा, बोक्रा, डाँठ, काँडा, कोपिला, पात, फूल इत्यादि सबै गुलाब हुन् । गुलाबका भावना पनि यसमा समावेश गरिएको हुन्छ जसलाई हामीले कहिले गौर गरेका हुदैनौ । चेतनाका अवस्था पनि हामीले वेवास्ता गरेको गन्तिभित्र पर्छ । अभौतिक रूपमा रहेको भावना र चेतनालाई त हामीले वेवास्ता गरेको हुन्छौ भने भौतिक रूपमा उपस्थित छोपिएको जरा, छोपिएको डाँठ र चूरलाई पनि हामी मूल्यमा ल्याउँदैनौ । तर यी सबै गुलाब हुन् । हामीले साहै्र नजिकबाट चिनेको चाहिँ काँडा र फूल नै हो । फूलको मोहकताले भरिएको आँखा भावनामा गएर ठोकिन्छ । हामी रोमाञ्चित, भावुक हुन्छौ त्यसै त्यसै । काँडा, फूल मिलेर हाम्रो चेतनालाई सक्रिय बनाउँछ । जरा माटोमा छोपिन्छ, चूर छालाभित्र छोपिन्छ, कोपिला पातभित्र छोपिन्छ, फूल कोपिला भित्र छोपिन्छ । गुलाबको चेतनाले नापेसम्म काँडाहरू सक्रिय हुन्छन् । समग्रमा गुलाबको फूलमा काँडाको घोचिने बार हुन्छ, छोपिने बोक्रा हुन्छ, जरा माटोमा छोपिएको हुन्छ । जरा, डाँठ, हाँगा, कोपिला र फूल शरीरका सबै भागमा हुदैनन्, फूललाई छोडेर शरीरको सबै भागमा बोक्राले बेरेको हुन्छ । बोक्रा भएको प्रत्येक भागमा काँडा हुन्छ । काँडाहरूको सुरक्षामा गुलाब आनन्दित भएर फुलिदिन्छ । देख्नेहरू गुलाब अनवरत मुस्कुराइरहेको हेरिदिन्छन् । हुनपनि गुलाबको सुन्दरताको मगमग्ती बासना चल्छ । काँडाभित्रको गुलाब यसरी बाँचिदिँदा एक वृत पूरा भएको मानिदिए पुग्छ ।
गुलाबको फूलको ठाउँमा मान्छेलाई राखेर हेर्न सकिन्छ । गुलाबको फूल मान्छेको रूपमा प्रकट हुँदा हाँगाहरू हुँदैनन, काँडाहरू हुँदैनन् । बरु ब्रहृमाण्डमा छरिएको अवचेतना बटुलिएर चेतनामा पुग्छ अनि चेतना खण्डित भैदिन्छ, एउटा पानीको छालजस्तो, एउटा प्रकाशको किरणजस्तो । पटक पटक बनिन्छन् र भत्किन्छन् फगत पानीको फोकाजस्तो । प्रत्येक पटक प्राप्त भएको ज्ञान जस्तो । चलायमान पानीमा प्रकाश आएर थपक्क बस्दा एउटा प्रकाश प्रत्येक चलको खण्डहरूमा टुक्रिन्छ । चेतनाले सोहोरेर ल्याउने बोधहरू पानीको खण्डहरूमा विभाजन हुन्छ । चेतनालाई संघातिक हमला गर्ने धारहरू हावा र ताप जस्तै निराकार, अदृश्य हुन्छन्, अदृश्य यसको रूप हो, महसुस यसको आकार हो ।
दार्शनिक, धार्मिक, वैज्ञानिकहरूले गुलाबका फूलको जति सुन्दर ढंगबाट कल्पना बुनेका छन्, काँडालाई नजर अन्दाज गरेका छन् । गुलाबले मान्छेमा पूर्णता प्राप्त गर्न खोज्दा उम्रेका काँडाहरू भयमय संसारलाई छेक्न असमर्थक हुन्छन् । प्राणीलाई वरिपरिबाट घुमिरहने भुमरी मात्र भुमरी नभएर थुप्रै भयहरूको प्रतिनिधित्व पनि हुन सक्छ । अनि त मान्छेहरू सिद्धान्त, दर्शन, विज्ञानको कवज बोकेर भुमरीलाई छेकिरहेका हुन्छन् । भुमरी हावाको झोँका मात्र नभएर विषको रूपमा हुन सक्छ । स्वतन्त्रता बोकेर हिँड्नेहरूलाई पनि भुमरीले लखेटिरहेको हुन्छ । डुब्न लागेको मान्छेलाई किनारामा उम्रेको सिरुझार हो स्वतन्त्रता । "म"राखेर हिँड्नेहरू मको वरिपरि बाटो बनाउँछन्, र मकै वरिपरि भुलिरहन्छन् शून्यका शिल्पकारहरू जस्तै । अध्यात्म, स्वतन्त्रता, अस्तित्व, मार्क्सवाद चलाएर भुमरीबाट तैरिन्छौं, अनि अर्को भुमरीमा प्रकट हुन्छौं । भुमरीले सधैं हामीलाई लपेटिरहेको हुन्छ र त्यहाँबाट उम्केपछि फेरि पनि अर्को भुमरीमा लपेटिन्छौं । जीवन भुमरी र प्रकट -मुक्ति) को लामो श्रृंखला हो । जीवन भुमरीबन्ध छ भनेर जान्दाजान्दै हामी यसलाई लेखाइमा, बुझाइमा सौता हालिदिन्छौ । प्रधान कुरालाई हामी पातलो झिल्लीले छोपेर लुकाइरहन्छौं । हामीलाई चारैतिरबाट हेरिरहने, खेदिरहने नै झिल्ली भित्रको निराकार आकार हो । जीवन यसैको निरीह कैदी हो । मुक्तिको पुकार हुन्छ । सबैले झिल्ली भित्रको अन्धकार देखेका छन्, तर यसलाई नियालेर हेरेका छैनन्, यही कालो बिस्तारै र्सवव्याप्त हुन्छ भन्ने यथार्थलाई यसले छोपिदिएका छन् । हामी अवमूल्यन गरिरहेका हुँदारहेछौं घामसँग छायाँ हिँड्छ भनेर । जीवन घाम हो भने भय छायाँ जहाँ घामको साहित्य लेखिन्छ, त्यहाँ छायाँको साहित्य लेखिएन भने अपूरो हुन्छ । अध्यात्मवाद, भौतिकवाद, अस्तित्ववाद, तेस्रो आयामले छुटाएको भाग पनि यही हो ।
वृथाहरू माझ मान्छे हाँसिरहन्छ । छेवैको ताप, हावा साँच्चै पकडिन सक्दैन । साँच्चै पकडेको भ्रमहरू पकडेर सन्तुष्ट हुन्छौं । हाम्रा अग्रजहरूले उम्काइरहेको साँच्चै साहित्यको सुन्दरताले रोगन गरिदिनर्ुपर्छ । छेपारोको रंग, गुलाबको काँडा, भुमरी सबै भयका खेलहरू हुन् । निरपेक्ष भयमा खेलिरहने पृथ्वी नै जीवन र जगत हुन् । बेन्चको मुन्तिर आएको रुखको जराको अस्तित्व देख्ने दार्शनिकले आफ्नो मुन्तिरको भय देखेनन् । बरको रुखमा बसेर "दुःख" देख्ने राजकुमारले दरबारभित्रबाट आएको अँध्यारो देखेन । गुलाबको काँडा, हाँगा, फूल, भावना, विचार सबै यौद्धिक हुन्छन् । घर्षण बिनाको संसार अकल्पनिय हुन्छ । बिना युद्ध प्रकट पनि असंभव छ । प्रकट नै एक अर्थमा जीवन हो र जगत ।
जीवनलाई डो-याउँदै हिँड्ने दर्शन, सिद्धान्त, विज्ञान, अध्यात्म सबैको आमा भय हो । भय लिएर नै म बाँचेको हुन्छ । मसँगै मेरो बाँचेको हुन्छ । भयको टेबलमा फुलेका फूलहरू नै दर्शन, विज्ञान, अध्यात्म हुन् । त्यसैले जीवनको निमित्त भय निरपेक्ष छ र जगतको निमित्त जीवन । एउटा टेबल माथि थुप्रै रंगका फूलदानी छन् । फूलदानीको पृथ्वी त आफू अडिरहेको टेबल नै हो । एउटा बालक, एउटा ढुङगा माथिबाट जतासुकै खसिदिन सक्छ र ऊ बाँचिदिन्छ । बालकको चेतनाको विकाससँगै जीवनको उचाइ चढ्दै जान्छ । जीवनको उचाइ भनेको चेतनशील मान्छेको भयको उचाइ पनि हो । यो उचाइले भयसँग साक्षात हुन अगाडि मान्छेमा भइरहने अदृश्य घेरालाई देखाइरहेको हुन्छ । साक्षात भइसकेपछि वा घटना घटिसकेपछि एक चरण समाप्त हुन्छ र अर्को घेरा तयार परेर बसिरहेको हुन्छ । भन्नुको अर्थ मान्छेको हातमा खुकुरी छ, त्यसले जहिलेपनि काटछ कि हुन्छ । खुकुरी हातबाट हटेपछि त्यो भय समाप्त हुन्छ र नयाँ भयहरू जन्मिन्छन् । मान्छे जीवनभरि यही खेल खेलिरहन्छ । अर्थात जीवन बाँच्नको लागि सहाराको जरुरत पर्छ । भौतिकवाद, अध्यात्मवाद, अस्तित्ववाद, शून्यवाद सबै वादहरू सहारा हुन् । जीवन चेपहरू, ढुङगाहरू, पर्खालहरूले चेपिएको, थिचिएको, घेरिएको वा अँध्यारोमा डोरी र्सप देखेजस्तै हुन्छ । सहाराहरू प्रकट हुन्छन् । सहाराहरू एउटा एउटा अध्याय हुन्, सिङगो भयको किताब । प्रत्येक महरू, तिनीहरू र यिनीहरूबाट लखेटिएका छन् । म, तिमी, यिनी सबै भयमय छन् ।
भयवादीय चिन्तन ब्रहृमाण्डको भय र शरीरको भयलाई न्युन गर्दै जानु हो । उर्लिन्दो अराजकताको विरुद्ध शान्ति यसको आग्रह हो । भएर जाने कुराहरू रोकेर रोकिनन्, । स्वतन्त्र हुने बन्दहरू स्वतन्त्र भएरै छाड्छन्, तर बन्द र स्वतन्त्रता बीचमा एउटा यात्रा छ जो भयमय भएर हिँड्छ । अथवा जन्मेपछि मृत्यु हुन्छ नै जन्म र मृत्यु बीचमा एउटा यात्रा हुन्छ ।
सन्दर्भः पुच्छरमा आगो लागेको हवाइजहाजको यात्री, बिछौनामा मृत्युसँग खेलिरहेको वृद्ध, संक्रामक रोगीको मृत्यु करिबकरिब अपरिहार्य छ । मृत्युको ज्ञातले उसलाई झन् आतङ्कति, भयभीत बनाउँछ । आतङ्क, भयसँग मृत्युको कुनै करुणा छैन । आतङ्कीत र भयभीत भएर रोग बढाउनु किमार्थ कसैलाई फाइदाजक छैन । उसले जतिसक्दो आतङ्क, भय कम गर्दै अगाडि बढ्नु पर्छ । हो भयवाद विचार यही नै आएर उभिदिएको छ । जब नजिकबाट हिँडिरहेको भय हामी समाएर हेर्न सक्ने स्थितिमा हुन्छौं, यसले जीवन, मृत्यु, दुःख सबैलाई सहज बनाउँछ । निश्चित मरणको घडीमा अत्यास गरेर पीडा कम हुँदैन बरु वृद्धि हुन्छ । कसरी भय कम हुन्छ यही नै यसको आग्रह हो । जीवन प्रकाश हो भने भय अन्धकार । अँध्यारो हटाउन जीवन बल्न सक्नुपर्छ । व्यक्ति, समाज, देश सबैले ढुङगाको चेपबाट निस्केको बिरुवाजस्तो प्रकट चाहान्छन् । यी सबैलाई गाह्रोले थिचिराखेको हुन्छ याने कि माथि भनिएझैँ र्सप डोरीले । आदिमकालदेखि नै भएको सभ्यताको विकास यसैको सुन्दर उपज हो । यस्तो गाह्राहरूबाट निस्किन नखोजेको भए चिकित्सा शास्त्र, भौतिक शास्त्र, विज्ञान इत्यादिमा यस्तो उन्नति नै हुने थिएन । प्रत्येक उन्नति र विकासको पछाडि प्रत्यक्ष, अप्रत्यक्ष भयको ठूलो भूमिका हुन्छ । जीवनमा भय निरपेक्ष छ, जीवनको सापेक्षमा जगत छ । होइन भने जगत केवल मिथ्या मात्र हुन्छ ।
चेतना भनेको के हो - प्रश्न बन्छ । चेतना भनेको सामान्य अर्थमा कुनै पनि वस्तुको बारेमा, विषयको बारेमा ज्ञान दिने कुरा वा जानकारी गराउने कुरा हो । यस अर्न्तर्गत ज्ञान, विचार, संवेदना, ग्रहणता, ध्यान, उत्तेजना, कल्पना जस्ता कुरा पर्दछन् । यो कति किसिमको हुन्छ । कसरी यी कुराको संगठन हुन्छ र कसरी यिनीहरूको कार्य सञ्चालन हुन्छ । कता हुन्छ - प्रश्नै प्रश्न छ । यो पनि खोजको विषय छ । चेतना एउटा मात्र हुन्छ भन्ने तर्क छ एकातिर । तर कुनै वस्तु वा समस्या देखापरेपछि एउटै मात्र चेतना जागृत हुँदैन । त्यहाँ एकै पटक धेरै चेतना जागृत हुन्छ । त्यसैले त छैठौ इन्द्रियको कुरा गर्र्छौ । पाँच इन्द्रियका पाँच चेतना मात्र नभएर बहुचेतना हुन्छ । बहुसंख्यक चेतना हुन्छ को उदाहरण अमिबालाई लिन सकिन्छ । यो एक कोषिय जीव हो । एक कोषिय जीवको पनि चेतना हुन्छ । आफू बच्ने र शत्रुसँग बच्ने यसको चेतना हुन्छ । बहुकोषिय जीवमा प्रत्येक कोषसित एउटा एउटा चेतना हुन्छ । ती चेतनाले उसलाई निर्देशित गरिरहेको हुन्छ । त्यही चेतनाको कारणले ऊ अरू जीवणुहरूसित युद्ध गर्दछ । मान्छेमा भएको कोषले बाहिरबाट प्रवेश हुने जीवाणुहरूसित युद्ध गर्दछ । बाहिरको जीवाणुको जित भयो भने मान्छेलाई रोग लाग्दछ । जसको शरीरको प्रतिरोधक क्षमता वा शरीरका कोषहरू बलवान छन् उसलाई सानोतिनो रोग लाग्दैन । प्रतिरोधक क्षमताका कोषहरूलाई मान्छेको मुख्य चेतनाले निर्देशित गर्दैन । उसका आफ्नै चेतनाले निर्देशित गरिरहेको हुन्छ । त्यसैले मान्छेले कुनै वस्तु देख्दा, कुनै घटना हुँदा बहुसंख्यक चेतना हाबी भएको हुन्छ । शरीरको कुनै भागमा चोटपटक लाग्दा दुख्ने महसुस मुख्य चेतनामा प्रत्यक्ष पुग्दैन, कोषहरूको चेतनाको श्रृंखलाले त्यहाँ पुर्‍याउँछ र हामीलाई महसुस हुन्छ । त्यसैले मान्छेमा वा प्राणीमा बहुसंख्यक चेतना हुन्छ ।
हामी अँध्यारोबाट एकैचोटी उज्यालोमा निस्किदा केही देख्दैनौ । आँखाको नानी उज्यालो र अँध्यारोमा आफै सानो र ठूलो हुन्छ । अँध्यारोमा नानी ठूलो हुन्छ र उज्यालोमा सानो । यसलाई हाम्रो मुख्य चेतनाले निर्देशन गरेको हुँदैन । हामी झट्ट उज्यालोमा नदेख्नु भनेको त्यो आँखाको नानीले प्रकाश अनुसार आकार मिलाउन समय लागेर हो । आकार मिलाइ सकेपछि देख्न थालिन्छ । यी चेतनाहरूको क्षमता, सहनशीलता अनुसार भय फरक फरक हुन्छ । प्रत्येक मान्छेका सबै कोषहरू र ती कोषहरूको चेतना, क्षमता, सहनशीलता फरक फरक हुन्छ ।
इन्द्रियहरू माध्यम हुन् । यही इन्द्रियको माध्यमबाट चेतनाले यात्रा गर्दछ र कुनै समस्यामा गएर ठोकिएपछि ज्ञान हुन्छ र भय । यी चेतना सजिलै चिन्न गाह्रो हुन्छ । चेतनाजस्तै यसको समस्यासँग विस्फोटन र भय पनि सजिलै चिन्न गाह्रो छ । तर सुक्ष्म ढंगबाट अध्ययन गर्दै जाँदा बुझन सकिन्छ । कुनै सुतिरहेको मान्छे, विहोस भएको मान्छे, पागल मान्छेको प्रमुख चेतना अवचेतनाको अवस्थामा पनि अरु चेतना सक्रिय भएको हुन्छ । संक्रमक रोगले भयभीत भएको मान्छेलाई संक्रमक रोगको प्रत्यक्ष भय र अप्रत्यक्ष भय दुवै हुन्छ । अप्रत्यक्ष भन्नाले त्यो भयले उत्पन्न गर्ने अन्य भयहरू । डाक्टरले उपचार हुँदैन भनी घोषणा गरेको रोगीलाई कुन विचारले उपचार गर्न सक्छ - र अहिलेसम्म त्यस्तो रोगीलाई कुन दर्शनले उपचार गरेको छ । यस्तो भयको रोग प्रत्येक मान्छेमा हुन्छ । भय एउटा रोग हो । त्यो रोगको निदानको लागि भयवाद उपयुक्त विचार हो । ती रोगबाट मान्छेलाई उपचार गर्दा बन्ने व्यक्ति, समाज, देश र विश्वको रूप नै यसको परिकल्पना हो । जब उसलाई कुनै समस्याको बारेमा ज्ञान हुन्छ अनि उसलाई भय हुन थाल्दछ । भयले गर्दा उसको आनाबानी, स्वभाव, खानपिन, व्यवहार परिवर्तन हुन्छ । ऊमा भएको परिवर्तनले उसको परिवार, समाजमा पनि असर पार्दछ । उसको व्यवहारमा पनि प्रभाव पार्दछ ।
मार्क्सवाद, अस्तित्ववादहरूले तीन महिना मात्र आयु भएको कुनै बिरामीलाई कसरी व्याख्या गर्‍यो - यस्तो बिरामी प्रत्येक मान्छेमा हुन्छ, भयको बिरामीलाई अहिले सम्मका दर्शन, कला, साहित्यले कसरी उपचार गर्‍यो । उपचार गर्नलाई समस्या थाहा पाउनुपर्छ । भयको रोग नै पत्ता नलागेपछि उपचार गर्ने कुनै भएन । त्यसकारण प्रत्येक प्राणी र मान्छेमा लाग्ने विभिन्न प्रकारको भयको रोग पत्ता लगाउनु पर्छ । ती रोगको कारणले गर्दा नै हामी युद्ध, हिँसा, हत्या गर्दछौं । त्यही रोगले लखेटर हामी देशविदेश लाग्दछौ, जाति खोज्दछौ । अब यसको उपचार गरिनुपर्छ । भयको रोग पत्ता लागेपछि युद्ध, हत्या, हिंसा, अन्याय, अत्याचार जस्ता धेरै कुराहरूमा कमि आउँदछ । अहिले भैरहेको युद्ध, हत्या, हिंसा, अराजकता, हातहतियारको आविष्कार सबैको कारण भय हो । म र मेरोको भय कम हुनासाथ हत्या, हिंसा, युद्ध कम हुन जान्छ ।
भय सम्बन्धी व्याख्या, विश्लेषण, प्रयोग, अनुसन्धान, खोज नै भयवाद हो । भयवादमा भय, भयको अवस्था, भयको प्रकार, प्रकट आदिइत्यादि अनुसन्धान, विश्लेषण, प्रयोग गर्दै जीवनमा आइपर्ने सबै प्रकारको अवस्था खास गरी रोग, हत्या, आतङ्क, जीवन, मृत्यु, चिन्ता, समस्या, पीर, दुःखकष्ट, शंका, भ्रम इत्यादिमा सहजताको मार्गको अवलम्बन गरिन्छ । यही नै भयवाद हो । यो आदिम कालदेखि निरन्तर आइरहेको छ । तर भयवाद वादको रूपमा हेर्न आइरहेको छ । जीवनमा भयबोध मात्र गरेर प्रयाप्त हुँदैन । जीवनलाई कुनै एक छेउबाट मात्र भयले छुने हो भने बोध गर्न सकिन्छ । यहाँ त जीवनको चारैतिर भयले ढाकिदिएको छ । भयमण्डलभित्र बख्तरबन्द छ हाम्रो जीवन । यस्तो मुख्य विषयलाई वाद नै भनेर महत्व दिनु पर्दछ । त्यसैले हामी भयवादमा छौ अहिले ।
यो विचारको प्रयोग घरायसी झगडादेखि विश्व युद्धसम्म हुन सक्छ । भ्रुममा भएको बच्चादेखि वृद्ध, रोगी मान्छेसम्म हुन सक्छ । भाषालिपि, धर्मसँस्कारदेखि जातिको विकाससम्म हुन सक्छ । वैज्ञानिक आविष्कारदेखि औषधिको आविष्कारसम्म हुन सक्छ । गीतसंगीतदेखि कलासम्म हुन सक्छ । मान्छेको आनीबानी, आदतदेखि रुढिवादी, अन्धविस्वाससम्म हुन सक्छ । मनोरञ्जन, प्रेम, आमोदप्रमोदमा हुन सक्छ । किनभने मान्छेका प्रत्येक क्रियाकलाप भयबाट चलायमान, नियन्त्रण हुने गर्दछ । जो नकारात्मक र सकारात्मक दुवै हुन सक्छ । भयवाद ती सबैलाई चिरफार गर्दै मान्छे, समाजलाई सकारात्मकतिर लैजाने प्रयास गर्दछ ।
चित्र नं. १ मा देखाइएको जीवन र जगतलाई नै थुप्रै थुप्रै बाहृय र आन्तरिक चक्रपथहरूले बेरिराखेको हुन्छ । चक्रपथको सन्जाल छ । शरीरभित्र आफ्नै सन्जाल छ शरीर बाहिर आफ्नै सन्जाल छ । यी सन्जालहरूले निरन्तर ब्राउनले अनुसन्धान गरेको सिध्दान्तजस्तो खास गरी जीवनलाई चारैतिरबाट माध्यमको रूपमा रहेको प्रभावकारी तत्वहरूले हानिराखेका हुन्छन् ।

No comments: