Sunday, June 29, 2008

जीवन


जीवन-चेतना-ज्ञान-भय-भयवाद
सामान्यतया मान्छे जन्मेपछि उसको जीवन बन्दछ । भ्रुममा भएको बच्चा, त्योभन्दा अगाडि जाँदा जीवनको बारेमा व्याख्या गर्न जटिल हुने भएकोले जन्मेपछिको बिन्दूबाट जीवन भन्न सजिलो हुन्छ । त्यसैले "जन्मेपछि मरिन्छ" भन्ने वाक्य चलनचल्तीमा छ । अर्को अर्थमा जन्म र मृत्युको बीचको अवधि, दुरीलाई जीवन भनेर बुझन सकिन्छ । यस अवधिमा मान्छे जन्मिन्छ, हुर्किन्छ र मर्छ । हामी यसलाई उमेरसँग पनि मिलान गर्र्छौ । मान्छे मात्र होइन, सबै सजीव वस्तुहरूको जीवन हुन्छ । सबै जीवन र जगत मान्छेमा सापेक्षित हुने भएकोले यहाँ मान्छेको जीवनको चर्चा गरिरहेका छौँ । जीवनको अवधिमा उसलाई विभिन्न वस्तुहरूको आवश्यकता पर्दछ । उदाहरणको लागि आफन्त, समाज, भाषालिपि, सँस्कार, देश, धर्म, सम्पत्ति, सिद्धान्त, विचार हावापानी, प्रकाश, खानेकुरा, लगाउने कुरा आदिइत्यादि । जीवनलाई बाहिरी तत्व र भित्री तत्वले प्रभाव पारिरहेको हुन्छ । भौतिक शरीर बन्न विभिन्न प्रक्रिया पुरा भएको हुन्छ । शरीरमा बहुचेतना, बहुइन्द्रिय हुन्छन् । जीवनमा जहिलेपनि चेतनाको मात्रा घटबढ भैरहन्छ । चेतनाले चेतना गर्ने वस्तु/विषयसित फ्युजन गरेपछि भय पैदा हुन्छ । आन्तरिक द्वन्दबाट बनेको निर्ण्र् बाहिरी द्वन्द गर्दा भय बन्दैजान्छन् । चेतनाले निर्देशित गरेपछि भौतिक शरीरले पालना गर्दैजान्छ । मान्छेको जीवनमा काम, क्रोध, माया, मोह, सन्तुष्टि, शंका, भ्रम, रहर, मनोरञ्जन, प्रेम इत्यादि धेरै कुरा हुन्छन् ।
जन्मिन्दा मान्छे एक्लै जन्मिएको हुन्छ । एक्लो जीवन नै जीवन हो । समाज, देश, भाषालिपि, धर्मसँस्कार, सिद्धान्त, विचार, आफन्त उसका पुरक हुन् । त्यसैले जीवन भन्नाले मान्छे जन्मिनु मात्रै हुँदैन, ऊ र उसको वरिपरिका सम्बन्धित वस्तु, सुख, दुःख, रोग, समस्या, चिन्ता, डर, शंका, भ्रम सबै जीवन हुन् । ऊ सुविधा, सम्पन्नता, सहजत सबै आफ्नो पक्षमा पार्न चाहान्छ । त्यसैले यो संसारमा जीवन, प्राकृतिक रूपमा पैदा भैसकेपछि चेतनाको विकाससँगै भय पैदा हुन थाल्दछ । अर्को अर्थमा चेतनाको मुन्तिर छायाँको रूपमा भय बसिरहेको हुन्छ । त्यसैले चेतनाका प्रत्येक कार्य आन्तरिक रूपमा भयबाट सञ्चालन हुन्छन् -तर कति देखिने हुन्छन् कति नदेखिने । भन्नुको अर्थ मान्छेको चेतनामा आन्तरिक द्वन्द हुन्छ र त्यो द्वन्द कुनै वस्तुसँग साक्षात भएपछि त्यस वस्तु बारे ज्ञान हुन्छ र भय पैदा हुन थाल्दछ । यही भयबाट वास्तविक जीवनको शुभारम्भ हुन्छ । जीवन-चेतना-ज्ञान-भय-भयवाद यसरी यसको सुत्र बन्दछ ।

No comments: