Sunday, June 1, 2008

विशेष रंगवाद


नेपाली साहित्यमा सशक्त भूमिका बनाउँदै आएको कान्छो आन्दोलन विशेष रंगवादले इश्वरलाई एउटा रंग देखे, जीवन र जगत अर्को रङग देखें । वास्तवमा जीवन र जगत सबै रङ्गहरूले भरिएको छ । निलो, रातो, पहेलो भन्नु र जीवन जगत भन्नु सबै धारणाका रङगहरू हुन् । विशेष रङ्गवादले उठाएका रङ्गवादी विचारले जताततै "रंगै रंगको भीर अथवा भीरै भीरको रंग" देख्छ । भौतिक र अभौतिक सबै रंगवादी आँखाले रंगै रंग देख्छ । रंग भन्नु लीला लेखनको धारणा, भ्रम, वित्था र लीला कै पयार्यवाची हुन सक्छ । दया, माया, संवेदनालाई पनि रंग देख्छ । जति पनि रंग छन् चाहे त्यो भावनाको रंग होस या आवरणको सबै आवरणको सुन्दर ढाँचामा छन् । यसले जता ततै ढाकिदिन्छ तर चेतनशील प्राणीको चेतनाका संवेदनाहरूलाई र्स्पर्श गर्नबाट टाढा भाग्छ । जति पनि आवरणका रंगहरू छन्, ती सबै रंगलाई एकमुष्ट कालो रंगले छोप्न सक्छ । वास्तविक रूपमा भएको यो कालो रंग विज्ञानको मूल रंगमा पर्दैन । तर यो कालो रंग रंगहरूको माउ हो । टन्न घाम लागेको दिनमा बाहिरी उज्यालोलाई नियालेर हेर्दा कालो देखिन्छ । ती रंगहरूलाई गहिरिएर हेर्‍यो भने कालो रंग देखापर्छ । यसैले रंगहरूलाई कालोले छोपेर राखेको हुन्छ ।
माथिको चित्र नं. २४ मा तीनवटा वृत देखाइएको छ । सबैभन्दा भित्र रातो, निलो, पहेलो रंग छन् । यी रंगहरू सबै रंगको जन्मदाता रंगहरू हुन् । यो सबै रंगलाई बाक्लो कालो रंगले ढाकेको छ । सबै रंगको छुट्टै आधार रंग पनि हुने गर्दछ । आधारबिना हावा पनि अडन सक्दैन, विचार पनि हिँड्न सक्दैन भने रंगले पनि अवश्य आधार लिएको हुन्छ ।
यी भए रंगका कुराहरू । जीवन पनि रंग जसरी नै बनेको हुन्छ । जीवन र जगतलाई रंगको आवरणले ढाकिदिएको हुन्छ । फरक छ त्यहाँ संवेदना, भावना, मायाको रंग । चेतनाको प्रवेशसँगै चेतनशील प्राणीलाई कालो रंगले जस्तै भयको रंगले छोपिदिएको हुन्छ । संवेदना, चेतनाको उपस्थितिसँगै भयको उपस्थिति अनिवार्य हुन्छ । विशेष रंगवादले यस भयमय जीवनलाई कसरी सञ्चालन गर्ने भन्ने मूल मन्त्र उपस्थित गराउन सकेको देखिन्दैन । जीवनलाई एउटा रंगको कलेवरलाई बुझन सकिएला । तर प्रत्येक रंगको पनि छायाँ हुन्छ । विशेष रंगवादले आग्रह गरिरहेको कुरा संभवत आयाममा पनि आएको छ, लम्बाइ, चौडाइ र उचाइसँगै । जीवनलाई सहज बनाउने रंग प्रष्ट रूपमा यहाँ कोरिएको देखिएको छैन । लाग्छ रंग, मिथ्या, भ्रम, लीला, विनिर्माण, अस्तित्व, निश्चितता, शून्यता सबै माध्यमहरू एक अर्थमा प्रकटहरू हुन् । यी सबै प्रकटहरू तबसम्म निर्जीव रहन्छन् जबसम्म त्यहाँ भयको प्रवेश हुदैन । भयले शरीरमा रक्त संचार गर्दछ । भय जीवनको सुचालक हो । भयले जीवनलाई सञ्चालन गरेपछि संसार चलायमान हुन आउँछ । यो सञ्चालन सकारात्मक र नकारात्म दुवै रूपमा प्रवेश हुन सक्छ । भयवादीय चिन्तनले जीवनलाई सकारात्मक मार्ग वा सहजताको मार्गमा लैजान्छ । उदाहरणको रूपमा माथि केही साहित्यिक आन्दोलन प्रस्तुत गरियो । यस्ता आन्दोलन विश्वका सबै मुलुकमा चलिरहेको छ । ती आन्दोलनहरूको मूल उद्देश्य जीवन सरलताको निमित्त नै हो ।

1 comment:

Bishnu Marasini said...

KAlo rang le sabai kiran sosera liyeko huncha. tyasaile kalo bichar rakhne haru pani sabai lai chusera baneka hunchhan. tyasko ulto seto rang le sabai kiran farkaidinchha ani safa hirdaya bhayeka haru le sabai lai sewa ra sahayog garne hunchhan.