Sunday, June 1, 2008

सृजनशील अराजकताः


२०४६ सालको जनआन्दोलनपछि साहित्यको उर्बर खाली जमीनमा हलक्कै बढेको साहित्यिक आन्दोलन हो सृजनशील अराजकता । यसको उत्पादनहरू साहित्यको पाठक, समालोचकलाई स्वादिलो लागेको छ । त्यसैले छापाहरूमा बारम्बार यसको सुगन्ध आइरहन्छ । यस आन्दोलनले वैचारिक रूपमा उठाएका नवीन आयामहरू नेपाली साहित्याकाशमा नवीन बन्न सकिरहेको छैन तर साहित्यको यात्रामा यो रहर लाग्दो खुडकिला भने अवश्य नै बन्दै गइरहेको छ । यस खुडकिला टेकेर हिँडने, कुदने साहित्य पनि छ्यासछ्यास्ती नेपाली मैदानमा देखिन थालेका छन् । त्यसो त यसका पाँचौवटा बूँदाहरू भय भन्दा पर अवश्य पनि छैनन । तर पनि तीन वटा बूँदाहरू वैचारिक अनेक अनेक, नस्ल बोध, साँस्कृतिक विविधता पुरानो मान्यताहरूमा घस्रिन्दै आइरहेको छ । त्यसैले यी बूँदाहरू भरिपूर्ण रूपमा भयवादीय छन् । जहाँ सम्म कवित्व निस्सीमता र सृजनात्मक निर्णयको कुरा छ, विचार सतहमा हिँड्ने मान्यतालाई स्वीकार गर्दा यो बाटो अवश्य पनि पृथक नहुन सक्छ । त्यसैले यसका मान्यताहरूलाई भयवादको ठूलो पर्दाले छेकेको छ । कुनै पनि निर्णय सृजनात्मक किन गरिन्छ भने वि ग्रह हुन्छ भन्ने मान्छेलाई भय हुन्छ ।
विचारको युद्ध, सँस्कृति र नस्लको खोजी भनेको नै कतै लोप हुन्छ कि भन्ने भय हो । सृजनशील अराजकताले गरिररहेको साहित्यमा नस्लका झिल्का प्रशस्तै देखिएका छन् । नस्लीय भाषा, सँस्कृति, मिथक विभिन्न जातजातिबाट ल्याएर नेपाली साहित्य भण्डारलाई झन् सम्पन्न बनाउन खोजिरहेको छ । यही झिल्का, स्वाद र नस्ल नेपाली सृजक र पाठकहरूको स्वादिलो खुराक बन्न थालिसकेको छ । सृजनशील अराजकताले भनेको पाँच बूँदाहरूलाई समन्वय गर्न खोजिएको छ । समन्वय गर्न खोज्नु भनेको नै असमन्वय हुन्छ कि भनेर त्रसित हुनु हो । सृजनशील अराजकताले बोकेको समन्वय पनि भयभन्दा पर छैन । आफ्नो विचारलाई कायम गर्न खोज्दा उब्जिने घटनाहरूलाई थमथमाउन नै सृजनशील अराजकताको समन्वय आएको छ । बूँदागत रूपमा केलाएर हेर्दा र यी बूँदाहरूलाई भयसँग दाँजेर हेर्दा कतै न कतै भय देखिन्छ । भयबोध त सृजनशील अराजकता आफैले पनि गर्दै आएको नै हो । कतिले भयअबोध गर्दै आएका छन् । भयबोध सृजनशील अराजकताले मात्र होइन, विश्वका धेरै दर्शन, साहित्य कला, सँस्कृतिले गर्दै आइरहेको हो भने भय अबोध विश्वका धेरै विचारहरूले गरेर आएको पाइन्छ । सृजनशील अराजकताका जति पनि गतिविधिहरू भइरहेका छन् के त्यहाँ भय छैन त ? भय नभएको भय यी गतिविधिहरू केका लागि ? साहित्यमा धारको प्रवेश, नस्लको खोज भयपरक छैनन् ? आफ्नो छुट्टै पहिचान बनाउन खोज्नु आफ्नो प्रसिद्धि खोज्नु । भनेको नै एक किसिममा आफूलाई लोप हुनुबाट सुरक्षित राख्नु हो । यी प्रत्येक गतिविधिको पछाडि निरिक्षण गर्दै भय बसिरहेको हुन्छ ।
सरसर्ती हेर्दा सृजनशील अराजक नाम विनिर्माण देखिन आउँछ । अराजक ढंगबाट विध्वँस गरिने र विध्वँस गरिसकेपछि सृजनात्मक निर्णय गर्ने आग्रह विनिर्माणवाद भन्दा साह्रै फरक छैन । विनिर्माणलाई पश्चिमेली साहित्यकारहरू शाब्दिक माफिया भनेर गालिगरिरहेका छन् । सृजनशील अराजकता पनि झण्डै त्यसैको नजिक छ । प्रचलित शब्दहरू जताततै भत्काइएको छ । शब्द भत्काउनु अराजक नै हो । तर यी भत्काइएको शब्दहरूले सृजनात्मक निर्णय गर्न सकेका छैनन, केवल "गंगा निलो बग्छुलाई तमोर हरियो बग्छु" भन्नु मात्र विनिर्माण हो । त्यहाँ सृजनात्मक निर्णय भएका छैनन, वैरागी काइलाले कायम गरेको मान्यतालाई भत्काइएको छैन, निरन्तरता मात्र दिइएको छ । समाज, देश, मान्छेलाई टुक्रा टुक्रा पारेर फेरि जोडन सकिन्दैन । शब्दलाई भत्काएर जोडनु र मान्छेलाई भत्काएर जोडनु नितान्त फरक कुरा हुन् । विनिर्माण र सृजनशील अराजकताको मान्यताहरू यस मानेमा समान होलान् । भत्काएर पुनर्निर्माण भयवादको एउटा प्रकट हुन सक्छ, तर यो भयवादको विस्वास हुन सक्दैन । किनभने जीवन भत्किाएर बनिने वस्तु होइन । त्यसैले सबै भत्काइएकाहरू पुननिर्माण हुन्छ भन्न सकिन्दैन र कही कतै निर्माण भैहालेछ भने पनि सुन्दर भन्दा कुरूप नै बढी हुन्छ ।

No comments: