Sunday, June 1, 2008

पुनर्रार्वृत्ति


चित्र नं. १० मा चेतना र मृत्यु देखाइएको छ । मान्छेको मृत्युसँगै चेतना टुक्रिएर अवचेतना बन्छ र भ्रुमको विकाससँगै अवचेतनाहरू बटुलिएर चेतना बन्छ । यहाँ एउटै मान्छेको पुनर्जन्म र उसैको चेतनाको पुनर्रार्वृत्ति हुन्छ भन्न खोजिएको होइन । अवचेतनाले चेतनामा शरीर धारण गर्दछ र चेतनाले मस्तिष्कमा शरीर धारण गर्दछ । एउटा मान्छेबाट निस्केको अवचेतनाका टुक्राहरू थुप्रै मान्छेमा जान सक्दछ । जीवित मान्छेको मस्तिष्कमा ब्रहृमाण्डका अवचेतनाहरू भेला भएर संग्राहालय बन्दछ । यही अवचेतनाको संग्राहालयको कारणले गर्दा हामी कहिलेकही झल्यास्सझुलुस विभिन्न झलकहरू देख्ने गर्दछौ ।
सजीव वस्तुहरू प्रकृतिको नियममा बाँधिएका हुन्छन् जन्मिनु, हुर्किनु र मर्नु । यो बराबर दोहरिरहने प्रक्रिया हो । यो दोहरिदा एउटै मान्छे वा वस्तु उस्तै रूपमा पटक पटक दोहरिने होइन । त्यसका अवशेष एउटा रूपबाट अर्को रूपमा दोहरिने गर्दछ । खास गरी मान्छेमा भएको चेतना मान्छेको मृत्युपछि त्यही मान्छेको पुनर्जन्म भएर आउँदैनन्, मान्छेको मृत्युसँगै उसका चेतनाहरू टुक्रिन्छन् र अवचेतनाको रूपमा ब्रहृमाण्डमा तैरिन थाल्छन् । ब्रहृमाण्डमा तैरिएका टुक्राहरू भेला भएर भ्रुमको विकाससँगै नयाँ भ्रुमको विकासशील मस्तिष्कमा थुप्रिन थाल्छन् । त्यसरी थुप्रिएका अवचेतनाका टुक्राहरू जतिजति चेतनामा पस्दै जान्छन्, उतिउति भय बढ्दै जान्छ । सूर्य उदायपछि बिहान हुन्छ, सूर्य अस्ताएपछि रात हुन्छ, फेरि उदाउँछ अनि बिहान हुन्छ । सूर्यको जीवन पुनरावर्ती भैरहे जस्तै चेतना पुनरावर्ती छ र चेतना पुनरावर्ती हुँदा भय पुनरावर्ती हुन्छ । कतिले यसलाई पुनर्जीवन पनि भन्ने गरेका छन् । संयोगवस चेतनामा घुमिरहेका टुक्राहरूले आकार पाउँदा पुरानो कुराहरूको केही स्मरण पनि गर्न सक्छन् । चेतनाले जहिलेपनि भय बोकेर हिँडिरहन्छ । चेतना पुनरावर्ती हुनासाथ भय पनि पुनरावर्ती हुन थाल्दछ ।

No comments: